श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल

निष्पक्ष पत्रकारिताका लागि खबरदारी गर्न अध्यक्ष दाहालको महासङ्घलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।

यहाँ आज आयोजित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “अहिलेको युग सूचनाको युग हो । प्रविधिको विकासले यस क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको छ, त्यसतर्फ सञ्चारकर्मी सचेत हुन जरुरी छ ।” अहिलेको युग सूचनाको युग भएकाले यसले ल्याएका अवसर र चुनौतीसँग सामना गर्ने कुरा सजिलो नभएको उनको भनाइ थियो ।

निष्पक्ष पत्रकारिताका लागि खबरदारी गर्न अध्यक्ष दाहालले महासङ्घलाई आग्रह गरे । भ्रष्टाचारका विषयमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा निष्पक्षरुपमा छानविन गर्नुपर्नेमा उनले जोड दिए । “इमानदारीताका साथ अनुसन्धान गर्नु जरुरी छ”, उनले भने ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानविन गर्न पूर्वप्रधानन्यायाधिशको संयोजकत्वमा शक्तिशाली समिति बनाउन आग्रह गरे । “एउटाले अर्कोलाई दोष लगाउने काम राम्रो होइन । एउटा निश्चित मापदण्ड र निश्चित मानक बनाएर भ्रष्टाचार छानविनमा जोड दिनुपर्छ”, उनले भने ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्ने बताए ।

“हामी भुइँपुस्ताका युवाहरुको एउटै आग्रह छ, राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देशको सम्प्रेषण गर्नैपर्छ । त्यो सञ्चार गर्ने मुख्य सूचनाको स्रोत भनेको राजनीतिक नेतृत्व गर्ने राजनीतिक दलहरु पनि हो । त्यो ठाउँबाट हामीले ठीक ढङ्गको सन्देश सम्प्रेषण गर्ने प्रक्रिया आरम्भ गर्नुपर्छ”, उनले भने । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार