भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

राप्रपा (लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामाङ राप्रपा प्रवेशको तयारी गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धनकुटाका नेता सुनिलबहादुर थापाले राजिनामा दिए लगतै राप्रपा (लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामाङ राप्रपा प्रवेश गर्ने तयारीमा रहेका छन् ।

केहि केन्द्रिय सदस्य लगायत आफुलाई केन्द्रिय पदाधिकारी तथा आगामी चुनावमा धनकुटाबाट प्रतिनिधि सभा सदस्यको टिकट बार्गेनिङ गरिरहेका तामाङ राप्रपा प्रवेश गर्न यतिबेला राप्रपाका केन्द्रिय नेताहरुसँग लविङ गरिरहेका छन् । राजनितिमा एक जनाको अन्त्यसँगै अर्कोको उदय हुनु स्वभाविक कुरा हो ।

कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजनीतिक यात्रा सुरु गरेका तामाङले ३ वर्ष अगाडी पशुपति शमशेर नेतृत्वको राप्रपासँग पार्टी एकता भएपछि धनकुटामा थापा खानदानको गुलामी नस्विकार्ने भन्दै पार्टीबाट राजिनामा दिई आफ्नै नेतृत्वमा राप्रपा लोकतान्त्रिक गठन गरेका थिए ।

सिन्धुपाल्चोक, धादिङ र मकवानपुरलाई आधार बनाएर आगामी चुनाबमा उम्मेद्धवारीमा उठ्ने आन्तरिक तयारी गरिरहेका तामाङको राप्रपाबाट पुर्व मन्त्री थापा बाहिरिए सँगै अब आफ्नै गृह जिल्ला धनकुटाबाट राजनितिक बाटो खुल्ला भएको छ ।

धनकुटामा यति बेला राजनीतिक जोडघटाउ तिब्र बनेका बेला त्यहाँका केन्द्रिय तहमा बार्गेनिङ गर्ने सुनाैलो माैका यही हो भन्दै उनी लागेको राप्रपा लोकतान्त्रिकका एक नेताले बताए ।

पुर्व प्रधानमन्त्री स्वर्गीय सुर्य बहादुर  थापाका सुपुत्र समेत रहेका सुनिल थापाले आफ्नो बुबाले स्थापना गरेको पार्टी छोडेर गएको भनि धनकुटाबासीहरुले आक्रोशित हुदै सुनिल थापाले धनकुटेली जनताको भावनामा चोट पुर्याएको भनि दुःख व्यक्त समेत गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार