काठमाडौँ, २१ पुष । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएको बताउनुभएकाे छ ।
आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमाले विरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गर्नुभएकाे हाे ।
एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रहसमेत गर्नुभएकाे छ ।
‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन, चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो, विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ र हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नु पर्छ, वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ, लोकतन्त्रका नाममा पार्टी भित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन, बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।’
यस्तो छ ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन :
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया