भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

नेकपामा सहमति प्रयास जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकता मजबुत बनाउन नेताहरूले प्रयास जारी राखेका छन् ।

स्थायी कमिटी बैठकअघि नै विवादित विषयमा सहमति हुने वातावरण बनिरहेको स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुुभयो । स्थायी कमिटी बैठक साउन १३ गते बस्ने तय भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच साउन ९ गते छलफल भएको हो । छलफललाई निरन्तरता दिने दुई अध्यक्षको सहमतिअनुसार सोमबार छलफल भएर मङ्गलबार बैठक बस्ने नेता नेम्वाङको भनाइ छ ।

दुई अध्यक्षबीच देखिएको विवाद कम गर्न र छलफल सहज बनाउन विभिन्न तहमा शीर्ष नेताहरूको छलफल चलिरहेको बताउँदै उहाँले छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो । मङ्गलबार बस्ने स्थायी कमिटी बैठक पुनः स्थगित नहोस् भन्ने प्रयासमा आफूहरू लागेको उहाँले बताउनुभयो । दुवै अध्यक्ष भेटेर पार्टीलाई निकास दिन आग्रह गरिएको उहाँले बताउनुभयो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यक्षद्वयबीच छलफल निष्कर्षमा नपुगेका कारण बैठक बस्न समस्या देखिएको बताउनुभयो । “उहाँहरूले छलफललाई निरन्तरता दिइरहनुभएको छ तर कुरा मिलेको छैन । आशा गरौँ, बैठक बस्ला’’, उहाँले थप्नभयो, “अध्यक्षद्वयबीच सहमति होस्, छलफल निष्कर्षमा पुगोस् भनेर हामीबाट सहयोग भइरहको छ । ढिलोचाँडो सहमति हुन्छ ।”

असार १० देखि स्थायी कमिटी बैठक सुुुरु भएको हो । एक दिन बिराएर असार १८ सम्म बैठक चल्यो तर मन्त्रिपरिषद् बैठकबाट चालू संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटी बैठक प्रभावित भयो । त्यसपछि पटक पटक बैठक बस्ने मिति तय गरिए पनि अध्यक्षद्वयबीच सहमति नहुँदा बैठक स्थगित हुँदै आएको छ ।

यसैबीच आइतबार अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशका नेताहरूसँग छलफल गर्नुभएको छ । पार्टीका विभिन्न विषयमा उहाँले नेताहरूसँग छलफल गर्नुभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताएको यो खबर गोरखापत्र दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार