भाद्र ११, २०८३ बिहिबार August 27, 2026

धरानको तरकारी बजारमा आगलागी, ११ वटाभन्दा बढी पसल जलेर नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ ।

आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ । धरान उपमहानगरपालिकाको बारुणयन्त्रण र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया