काठमाण्डौंः कोरोनाभाइरसको संक्रमणबाट साउदी अरबमा एक नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठ रहेका छन् ।
उनको आइतबार उपचारको क्रममा मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पङ्गेनीले जानकारी दिएका छन् ।
विश्व महामारी कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि उनले साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा उपचार गराइरहेका थिए । उनी नेपालमा लकडाउन हुनुअघि साउदी पुगेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया