भाद्र ११, २०८३ बिहिबार August 27, 2026

संक्रमण बढेपछि विराटनगर महानगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विराटनगर महानगरपालिकाले कोभिड-१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने भन्दै अत्यावश्यक सेवा बाहेक अन्य कार्य आजदेखि स्थगित गरेको छ ।

महानगरपालिकाको नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापनप, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाले नगरक्षेत्रभित्र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सचेतनाका साथ स्वास्थ्य एवं सुरक्षामा आवश्यक कडाइ गर्ने निर्णय पनि गरेको छ । प्रदेश नं १ मा हिजो ३१ जनामा सङ्कमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएका मध्ये मोरङमा २२ जना रहेका छन् ।

यसैबीच विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ । कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको र तीमध्ये २ जना महिला रहेको बताइएको छ ।

यसअघि सो प्रहरी कार्यालयका एक जनामा कोरोना संक्रमण पाइएपछि उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्दा अन्यमा संक्रमण पाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया