काठमाण्डाैंः पाल्पामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको माथागढी गाउँपालिका- २ स्थित तिनाउ खोला तर्ने क्रममा ५३ वर्षीय हर्कबहादुर सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निरन्तरको वर्षासँगै खोला बढेको र आइतबार दिउँसो खोला तर्ने क्रममा माथागढी गाउँपालिका चिदीपानीका सारुलाई खोलाले बगाएर दुई सय ५० मिटर तल पुर्याएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।
पाल्पामा यस वर्षमात्रै खोलाले बगाएर ३ जना तथा पहिरोमा परि ४ जना गरि ७ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया