असार २२, २०८२ आइतबार July 6, 2025

कुरियरमार्फत दुई लाख ७९ हजार ठगी गर्ने पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रहरीले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा रु दुई लाख ७९ हजार ९१० ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा सामान नपु¥याइ ठगी गर्ने धनुषाका २४ वर्षीय धीरज साहलाई आज पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, लेडिज कपडा नेपालमा होम डेलीभरी गराइदिने भनी विश्वासमा पारी उक्त रकम ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका उनले भारतबाट बेवी कार सिट मगाउने पीडितले ई-सेवाबाट पठाएको रु नौ हजार, भारतबाट साडी कुर्था ल्याउने भनी पीडितसँग लिएको रु ७७ हजार ७००, सिको घडी मगाउनका लागि पीडितसँग लिएको रु ४९ हजार ५५०, जेन्स कपडा ल्याउन पीडितसँग लिएको रु १४ हजार ८७५, औषधि तथा मोबाइल ल्याउन पीडितसँग लिएको रु ७३ हजार ७८५ ठगी गरेका छन् ।

उनलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार