असार २४, २०८२ मंगलबार July 8, 2025

गोर्खा फण्डद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

काँकडभिट्टा माध्यमिक विद्यालयलाई रु २८ लाख मूल्य बराबरको ३१ कम्प्युटरसहितको प्रविधि प्रयोगशाला प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा, २८ पुस : ‘द गोर्खा मेमोरियल फण्ड बेलायत’ले मेचीनगर–१० स्थित धुलाबारी माध्यमिक विद्यालयलाई प्रविधिमैत्री कक्षा सञ्चालनका लागि ३१ थान कम्प्युटर सहयोग गरेको छ ।

फण्डका अध्यक्ष धनकिरण गुरुङको पहलमा रु ३२ लाख मूल्यका कम्प्युटरसहित टेबल, कुर्सी र कार्पेट आज विद्यालयलाई हस्तान्तरण गरिएको हो । धुलाबारी माध्यमिक विद्यालयमा तीन हजार पाँच सय ७३ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये नौ सय जनाले कम्प्युटर विषयमा अध्ययन गरिरहेका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताउनुभयो ।

फण्डका अध्यक्ष गुरुङले आफूले प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयलाई ४२ वर्षपछि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले बेलायतमा जस्तै नेपाली विद्यार्थीले प्रविधिमैत्री शिक्षा प्राप्त गर्न मद्दत पुगोस् भनेर सहयोग जुटाउने गरेको जानकारी दिनुभयो ।

फण्डले दुई वर्षअघि मेचीनगर–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयलाई रु २८ लाख मूल्य बराबरको ३१ कम्प्युटरसहितको प्रविधि प्रयोगशाला प्रदान गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया