असार २४, २०८२ मंगलबार July 8, 2025

योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौं : शिक्षामन्त्री भट्टराई

संस्थागत र समृद्ध विद्यालयमात्र हैन सार्वजनिक विद्यालयका विपन्न विद्यार्थीको मनोबल बढाउनलाई पनि योग अनिवार्य गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ माघः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षासँग योग जोडेर समाजलाई समृद्ध बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले विद्यालयतहबाटै योगलाई जीवनसँग जोड्न थालनी गर्नुपर्ने बताउनुभयो । उहाँले योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिनुभयो ।

“योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ । संस्थागत र समृद्ध विद्यालयमात्र हैन सार्वजनिक विद्यालयका विपन्न विद्यार्थीको मनोबल बढाउनलाई पनि योग अनिवार्य गर्नुपर्छ,” मन्त्री भट्टराईले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले योगलाई विद्यालय पाठयक्रममा समावेश गर्न आफूले मन्त्रालयका तर्फबाट हरसम्भव सहयोग गर्ने बताउनुभयो । उहाँले स्वस्थ समाजबाट नै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने भएकाले योगलगायत स्वास्थ्यलाई सधै स्वस्थ राख्न हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । योगको प्रचारप्रसार पनि कम भएको चर्चा गर्दै यसलाई देशका सबै विद्यालयमा पुर्याउन आवश्यक छ भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया