श्रावण ६, २०८२ मंगलबार July 22, 2025

काँग्रेस वरिष्ठ नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । म‌गलबार बिहान ११ बजे नेता पौडेललाई भेट्न राजदूत यान्छी उनकै निवास बोहोराटारमा पुगेकी हुन् ।

 नेपाल र चीन बीचको आपसी सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको पौडेल सचिवालयले जनाएको छ ।

नेता पौडेल र राजदूत यान्छीबीच भएको भेटवार्तामा जननेता बीपी कोइराला र माओत्से तुङका पालादेखिको नेपाली काँग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको विषयमा चर्चा भएको बताईएको छ ।

उक्त भेटमा कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणमा चीनले पाएको सफलता र नेपालमा कोरोना जोखिम नियन्त्रणको विषयमा समेत छलफल भएको पौडेल सचिवालयको दावी छ । राजदूत यान्छीले कोरोना जोखिम नियन्त्रणका लागि नेपाललाई यथेष्ट सहयोग गर्ने बताएकी छन् ।

नेता पौडेल र राजदूत यान्छीबीचको भेटमा समसामयिक राजनीतिक विषयमासमेत छलफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार