असार २२, २०८२ आइतबार July 6, 2025

वनमन्त्री बस्नेतको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ : ठाकुरप्रसाद ढकाल, मेयर माडी नगरपालिका चितवन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यतिखेर माडी नगरपालिका चर्चामा छ । वनमन्त्री शक्ति बहादुर बस्नेतको अभिव्यक्तिलाई कसरी लिनुभएको छ ? चेपाङ्गलाई कुटेर मारियो भनेर प्रस्ट रूपमा कुराहरु बाहिर आइसकेको छ । तपाईको दायित्व र जिम्मेवारी होइन ? तपाईहरू के हेरेर बसिरहनु भएको ? यो घटनाको छानविन गरेर दोषीलाई कारबाही हुनुपर्दैन ?

पहिलो कुरा त अस्ति आएको जुन वनमन्त्रीज्युको अभिव्यक्ति छ, त्यो एकदम गैर-जिम्मेवारीपूर्ण तरिकाले उहाँले त्यो अभिव्यक्ति दिनुभएको छ । जहाँ उहाँहरू बसोबास गर्नुहुन्छ, त्यहाँ आगजनी भएको छ । घरहरू जलेका छन् र त्यो ठाउँमा अहिलेपनि पैदल जानुपरेको छ । मोटरसाइकलमा गएर मचानमा मान्छे कुट्नेहरू हुन् भन्ने जुन अभिव्यक्ति आएको छ, समग्र गरिब किसानहरूमाथि धज्जी उडाउने काम वनमन्त्रालयको तर्फबाट भएको छ । यसको लागि म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । मैले तुरुन्त उहाँलाई रिपोर्ट दिने मान्छे जो हो, त्यो रिपोर्ट गठन गरेर पठाउनु भएको छ, त्यो आयोगका छानविन गर्ने समितिलाई समेत कारबाही गर्नुपर्छ । किनभने झुठा कुराहरू लिएर गएर कोदालो खनेर कमाएको १०,००० रूपैयाँ गुमेको छ । उसले भात पकाउने भाँडाहरू त्यहाँ डढेका छन् । उसको बस्ने बास जलेको छ । जिम्मेवार निकायमा रिपोर्ट पठाउँदाखेरि त्यो खालका कपोलकल्पित जुन रिर्पोटहरू गएका छन्, त्यो तुरुन्तै सच्याईनुपर्छ र वनमन्त्रीज्युले आँट गर्नुपर्छ कि आगजनी गर्ने मान्छेहरूलाई मात्र होइन गलत रिर्पोट दिने मान्छेहरूलाई समेत कारबाही गर्ने आँट गर्नुपर्छ । त्यसैको लागि अगाडि बढ्न सक्नुहुन्छ मलाई लागेको छ ।

तपाईलाई विश्वास छ, वनमन्त्रीको अभिव्यक्ति जसरी संसदीय समितिमा आयो, जताततै आलोचना भएको छ । सत्ताका आँखा पनि बन्द हुन्छन् । धेरैले भन्न थाले सत्तामा पुगिसकेपछि वनमन्त्रीको आँखा बन्द भयो । त्यो हुँदै होइन, सेनाले गरेकै होइन भनिरहनु भएको छ । आगो लगाएकै होइन, भनिरहनु भएको छ । वास्तविकता के हो ?

वास्तविकता के हो भने त्यहाँ सेनाले ७ ओटा हात्तीमाथि सेना र राष्ट्रिय निकुञ्जको प्रशासनको कर्मचारीसहितको टोली त्यहाँ पुगेको हो । त्यहाँ २ ओटा घरमा आगजनी गरेर बाँकी ७ ओटा घरहरू भत्काउने काम भएको छ । त्यहाँ धेरै किसानहरूले लगाएको मकै भाँचेर खाने बेला भएको मकै ७ ओटा हात्तीले र त्यहाँ गएको टिमले फाँड्ने काम भएको छ । त्यो अहिले पनि तपाईहरू आएर देख्न सक्नुहुन्छ । त्यसो भएको हुनाले त्यहाँको यथार्थतालाई जुन किसिमले लुकाउने गरिएको छ, यो एकदम नै गलत भएको छ र यसको लागि निरन्तर रूपमा उचित किसिमले छानविन हुनुपर्छ र जो दोषी हुन् उनीहरूमाथि कारबाही हुनुपर्छ, भन्ने कुरामा माडी नगरपालिका निरन्तर रूपमा लागिरहेको छ र लागिराख्ने छ ।

तपाईहरूले वनमन्त्री, सरकारलाई घट्नाको वृत्तान्त बताउनुभएको छ, जानकारी दिनुभएको छ ?

एकदमै, हामीले सरकारलाई यसको बारेमा जानकारी गराएका छौँ । वनमन्त्री ज्युसँग पनि हामीले कुराकानी गरेका छौँ । हामीले निर्वाचित गरेर पठाएको पूर्वप्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड ज्युलाई पनि हामीले यो विषयमा पूर्ण अवगत गराएका छौँ ।

अवगत गराएर के गर्ने ? प्रचण्डले नै वनमन्त्री बनाएको शक्ति बहादुर बस्नेतले अर्कै कुरा बोल्नुभएको छ ? उहाँलाई खुलापत्र पनि जनताले पठाउन थालिसके ?

प्रचण्ड कमरेडको सरकार हुँदा उहाँकै सिफारिसमा वनमन्त्री हुनुभएको हो । छोरालाई डाक्टर बनाउने भनेर बाबुले हुर्काएको हुन्छ, छोरा जड्याहा बनिदिन सक्छ ।

सत्ताले लगाएको आगोले भन्दा तपाईहरूले दिएको बयानले पोल्यो भनेर जनताले भनिसके शक्ति बहादुर बस्नेतलाई त । वनमन्त्रीको जुन बयान आयो नि, जताततै आलोचना भएको छ । माडीका जनता पनि यतिखेर रोइरहेका छन् । अब कसरी अघि बढ्नुहुन्छ ?

त्यो स्वाभाविक हो । शासन गर्नसक्ने स्थिति यिनै जनताले गरिदिएका हुन् । हिजो सँगै खाँदाखेरि १० वर्षे जनयुद्धमा हिँड्दाखेरि तिनै जनताले, तिनै चेपाङ्गले पकाएर खाएको विर्सेर आज तिनै चेपाङ्गको घरमा आगलागी हुँदाखेरि जनताले चौतर्फी रूपमा विरोध गर्नु स्वाभाविक कुरा हो । जनताले स्वाभाविक रूपमा आफ्नो मनको अभिव्यक्ति प्रस्तुत गर्न सक्दछ । चौतर्फी रूपबाट ती चेपाङ्गहरूको हिजो तिनैले पकाएको खाएको व्यक्ति मुलुकको परिवर्तनको लागि, जनताको उत्थानको लागि भनेर हामी हिँडेका हौँ । आज तिनै जनताको घरमा आगो लगाउँदाखेरि विरोध गर्नु अस्वाभाविक होइन । जुन मान्छेले बदमासी ग¥यो, त्यसलाई हामीले इमान्दारीपूर्वक खोजेर कारबाही गरेर ती जनताको उचित बसोबासको व्यवस्थापन गर्न सक्यौँ भने फेरि जनताले हामीलाई नै फुलको माला लगाइदिन्छन् ।

तर्कहरू त विभिन्न तरिकाले आइरहेका छन्, पछिल्लो समय । २४ वर्षीय राजकुमार चेपाङ्ग जसरी कुटेर मा¥यो, त्यतिखेर तपाईहरू के हेरेर बसिरहनु भएको थियो ? उहाँको परिवारमा त विचल्ली छ नि अहिले ?

मान्छेको मृत्यु भएको अवस्थामा त्यो किसिमको पीडा हुन्छ । एउटा साधारण ज्वरो आयो भने त कस्तो हुन्छ, अब आफ्नो सन्तान नै गुम्दाखेरि पीडित नुहुनु त कुरै आएन । ज्याला मजदुरी गरेर खाने मान्छेहरू राष्ट्रिय निकुञ्जको कारणले यस्तो अवस्था नआओस् भनेर हामी त्यसैका लागि आवाज उठाइरहेका छौँ । सत्यको खोजी हुनुपर्यो । बदमास गर्नेलाई कारबाही गर्नुपर्यो । जनताले राज्यमा मेरो पनि स्वतन्त्रता छ, स्वतन्त्र रूपले बाँच्न पाउने अधिकार मैले प्राप्त गर्न सकेको छु भन्ने अनुभूति गराउनको लागि राज्यले त्यो भूमिका निर्वाह गर्नुपर्दछ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार