असार २१, २०८२ शनिबार July 5, 2025

कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा

घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ माघः नेपाली कांग्रेसले सहकारी रकम अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा आज भएको थुनछेक बहस सकिएपछि अदालत परिसरभित्रै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई गरिएको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले आज विज्ञप्तिमार्फत विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको उल्लेख गर्दै यो घटना दुःखदायी भएको जनाएको हो । विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापि स्वीकार्य हुन नसक्ने कांग्रेसको भनाइ छ ।

उक्त घटनाको कांग्रेसले निन्दा र भत्सर्ना गर्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार