भाद्र ११, २०८३ बिहिबार August 27, 2026

यस्ता छन् वामदेवले पार्टीको विवाद मिलाउन अध्यक्षद्वय समक्ष राखेको ६ बुँदे प्रस्ताव (पू्र्णविवरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री एव‌ं नेकपा अध्यक्ष केपी शर्मा ओली आगामी एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने नयाँ प्रस्ताव अघि सारेका छन् ।

यसैगरी अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने लगायत गौतमले प्रस्ताव गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया