श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिकः कुन एयरलाइन्सका कति उडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् ।

जुलाई ३१ तारिखदेखि हुने चौँथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिका अनुसार नेपाल एयरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । युएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ ।

हिमालयले पनि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म कूल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।

कुन एयरलाइन्सका कति उडान

नेपाल एयरलाइन्सले जुलाई ३१ तारिखमा जापान र कुवेत उडान गर्नेछ । अगष्ट १ मा क्वालालम्पुर र कतार, अगष्ट २ मा जेदाह र दुबई, अगष्ट ३ मा अष्टे«लिया र कतार, अगष्ट ४ मा दुबई र कतार, अगष्ट ५ मा रियाद र दमाम, अगष्ट ६ मा रियाद र दुबई, अगष्ट ७ मा रियाद र दमाम र अगष्ट ८ तारिखमा जेदाह र दुबईमा चार्टर्ड उडान गर्ने जनाएको छ ।

हिमालयले जुलाई ३० र अगष्ट १ तारिखमा कुवेतमा दुई उडान गर्नेछ । चीनको कुनमिङमा जुलाई ३१ मा एक मात्र उडान हुनेछ । जुलाई ३१ र अगष्ट ३ तारिखमा दोहामा उडान गर्ने हिमालयले जुलाई ३१, अगष्ट १,२, ३ र ४ तारिखसम्म अबुधाबी गन्तव्यमा चार्टड उडान गर्नेछ । त्यस्तै अगष्ट २, ३, ६ र ७ तारिखका दिन क्वालालम्पुर र अगष्ट ४, ५, ६ र ७ तारिखमा दमाम उडान गरिने हिमालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगष्टसम्म चार्टर्ड उडान गर्नेछन् । जजीरा एयरले कुवेत, इत्तिहाद एयरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।

यसअघि नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म ३५ हजार भन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ । बन्दाबन्दीको झण्डै पाँच महिनापछि हुने नियमित उडान एक तिहाइ सङ्ख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार