असार २२, २०८२ आइतबार July 6, 2025

हिमपातले नाग्म-गमगढी लोकमार्ग अवरुद्ध

घुच्ची देखि  वाँदखोलासम्म सडकमा झन्डै एक फिट भन्दा बढी हिउँ जमेर हिडडुल गर्ने सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुगु, माघ ४ गते । हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली लोक मार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबार परेको भारी हिमपातले नाग्म–गमगढी सडक अन्तरगत घुच्चिलेगमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायी  कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकोले मालवाहक र यात्रुवाहक दर्जनौँ गाडीहरू घुच्ची लेकमै अलपत्र परेको जानकारी दिनुभयो । उहाँका अनुसार घुच्ची देखि  वाँदखोलासम्म सडकमा झन्डै एक फिट भन्दा बढी हिउँ जमेको छ।

हिमपातले अलपत्र परेका यात्रु दिनेश बुढाका अनुसार  बुलबुले र घुच्ची लेकमा  बाक्लो हिउँ जमेकोले गमगढी पुग्न नसकेको बताउनुहुन्छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख सरोज गिरीका अनुसार सडक डिभिजन कार्यालय जुम्ला सँग एक्स्काभेटर बाट जमेको  हिउँ पन्छाउनलाई समन्वय भएको छ  तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौसम सुधार हुँदा साथ हिउँ पन्छाउने काम हुन्छ, व्यवसायी र यात्रुलाई धैर्यताका साथ सुरक्षित बस्न आग्रह गर्छु ।’हरिकृष्ण ऐडी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार