काठमाण्डौंः नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायकविरुद्ध आरोप पत्र दायर गरेको छ ।
शुक्रबार आयोगले पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया