असार २१, २०८२ शनिबार July 5, 2025

नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण आवश्यक छ : नयाँ शक्ति

पार्टीका नेता तथा कार्यकर्ताहरूले गलत कुराको विरोध र खबरदारी गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर), ५ माघ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेताहरूले नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । उक्त पार्टीको ललितपुर महानगर भेलामा आज नेताहरूले समाज परिवर्तनका लागि भनेर स्थापना भएका नयाँ राजनीतिक शक्तिहरू साझा उद्देश्य पूर्तिका लागि एकठाउँमा आउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य दुर्गा शोबले समाजमा रहेको यथास्थितिवादी सोचलाई परिवर्तन गर्दै आधुनिक र समुन्नत समाज निर्माणका काम गर्नुपर्नेमा जोड दिनुभयो । यसमा जनप्रतिनिधिको भूमिका अझ बढी रहेको उहाँको भनाइ थियो । “जुन पार्टीबाट जितेको भए पनि जनताको प्रतिनिधि हो, उनीहरूले सबैका लागि काम गर्नुपर्छ । हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूले गलत कुराको विरोध र खबरदारी गर्नुपर्छ”, शोबले भन्नुभयो ।

केन्द्रीय सङ्गठन विभाग प्रमुख सोनामसिं स्याङ्तानले वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय र एकताका आधारमा शक्ति सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।  केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दलबहादुर (डिबी) लिम्बूले समाजवाद उन्मुख समृद्धिको अभियानका लागि राजनीतिक अभियान अगाडि बढाउनुपर्ने बताउनुभयो ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य अमृत पुरीले विचारलाई संश्लेषण गरेर जनतामा पु¥याउन र वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्न समूहगत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य जनक थापा, जिल्ला समन्वय समितिका संयोजक कृष्ण महर्जन, मजदुर सङ्गठनका इन्चार्ज तथा गोदावरी नगरपालिकाका संयोजक कृष्णमुरारी ढकाललगायतले सम्बोधन गर्नुभएको थियो ।

भेलाले मदन महर्जनको संयोजकत्वमा ३५ सदस्यीय महानगर समिति गठन गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार