भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

कारोबार हुनै छाड्यो जलविद्युत् कम्पनीका सेयर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अधिकांश जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनै छाडेको छ । दोस्रो बजारमा सूचीकृत १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेपछि कारोबार हुनै छाडेको हो । सूचीकृत कम्पनीको सेयर अंकित मूल्यभन्दा निकै कममा कारोबार हुँदासमेत नियमनकारी निकाय भने मौन छन् ।

अंकित मूल्यभन्दा कममा दोस्रो बजारमै सेयर पाउन थालेपछि आगामी दिनमा जलविद्युत् कम्पनीको प्राथमिक सेयर बिक्री गर्न प्रवद्र्धक कम्पनीलाई हम्मेहम्मे पर्दै आएको छ । सूचीकृत कम्पनीको वित्तीय अवस्था कमजोर भएकै कारण लामो समयसम्म कम्पनीले लाभांश दिन नसक्नु बजार घट्नुको अर्को प्रमुख कारण रहेको छ । जसका कारण लगानीकर्ता संकटमा परेका छन् ।

विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले लगानीकर्ताले जाँचबुझ गरेर लगानी गर्नुपर्ने बताए । उनले भने, ‘राम्रो कम्पनीको सेयर मूल्य अहिले पनि राम्रो छ, कम्पनीको अवस्था नहेरी लगानी गरेपछि आयोगलाई दोष दिनुहुँदैन ।’

जलविद्युत् आयोजनाको नियमन गर्न विद्युत् नियमन आयोग गठन भएको एक वर्षभन्दा बढी भएको छ । तर, जलविद्युत् आयोजनामा लगानी गर्ने लगानीकर्ताले महसुस नै गरेका छैनन् । नेपाल इन्भेयटर फोरमका अध्यक्ष छोटेलाल रौनियारले जलविद्युत् कम्पनीले लामो समयसम्म प्रतिफल दिन नसक्नु नै प्रमुख समस्या रहेको बताए ।

उनले भने, ‘आज लगानी ग-यो भने प्रतिफल नै कहिले आउछ भन्ने निश्चित हुँदैन । आयोग, विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयले छलफल गरेर कम्पनीले नाफा कमाओस् या नकमाओस् तर लगानीकर्तालाई निश्चित प्रतिशत लाभांश दिने व्यवस्था गरेर लगानी सुरक्षित गर्ने हो भने मात्रै जलविद्युत्को सेयरमा अकर्षण बढ्न सक्छ ।’

सरकारले नेपालको पानी जनताको लगानीअन्र्तगत जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ । तर, जनताले लगानी गरेको जलविद्युत् आयोजनाको अवस्था भने दिनदिनै दयनीय बन्दै गएको छ । पछिल्लो समय लगानीकर्ता पनि जलविद्युत् कम्पनीको सेयरमा लगानी नगर्ने मनस्थितिमा छन् ।

सूचीकृत ३३ कम्पनीमध्ये १५ वटा कम्पनीको सेयर मुल्य मात्रै सयभन्दा माथि रहेको छ । यीमध्ये केही कम्पनीले मात्र आशातीत प्रगति गरेका छन् । सबैभन्दा उच्च चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४०४ रुपैयाँ रहेको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीको ३६४ रुपैयाँ, अपर तामाकोसीको २२९ रुपैयाँ र सानीमा माई हाइड्रोपावरको सेयर मूल्य २२१ रुपैयाँ रहेको छ भने अन्य कम्पनीकोे एक–दुई सयको बिचमा कारोबार हुँदै छ ।

संस्थापक सेयरधनीहरूले पनि सेयर धितोमा राखेर कर्जा लिन सक्दैनन् । दोस्रो बजारमा उचित मूल्य पाउने नदेखेपछि पछिल्लो समय सर्वसाधारणले जलविद्युत् कम्पनीका सेयर खरिद गर्न नै छाडेका छन् । जलविद्युत् आयोजना निर्माण गर्न धेरै पैसा लाग्ने र यसको प्रतिफल लिन धेरै वर्ष कुर्नुपर्ने हुन्छ ।

सरकारले जलविद्युत् क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्नेभन्दा वित्तीय अपराधीका रूपमा इंगित गर्दा यस क्षेत्रमा संकट देखा परेको जलविद्युत् प्रवद्र्धक बताउँछन् । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार