असार २१, २०८२ शनिबार July 5, 2025

कुनै खास संस्थालाई विघटन गर्नेगरी सरकारले कानून ल्याउन पाउँदैन : महान्यायाधिवक्ता बडाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महान्यायाधिवक्ता रमेश बडालले तिलगंगा नेत्र विश्वविद्यालय ‘नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाज’ विघटन नभई रुपान्तरित भएर बन्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा विश्वविद्यालय विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

काठमाडौंमा दर्ता नेपाल आँखा कार्यक्रम तथा मकवानपुरमा दर्ता अन्धोपन निवारण समाजको सम्पती तथा भौतिक संरचना उक्त विश्वविद्यालयको हुने प्रस्ताव विधेयक छ ।

उनले संस्थाको स्थापना एवं विघटन सरकारकै अधिनमा हुने भएपनि कुनै खास संस्थालाई विघटन गर्नेगरी कानून ल्याउन नपाइने स्पष्ट पारे । उनले विधेयकमा तिलगंगा आँखा कार्यक्रमलाई विघटन गर्न खोजिएको हो ? भन्दै प्रश्न समेत गरे ।

उनले गरेर संस्थाको सम्पती, दायित्व र संस्थाद्धारा संचालित आँखा, स्वास्थ्य र शिक्षातर्फका शैक्षिक कार्यक्रमहरु ऐन पारित भएपछि विश्वविद्यालयमा सर्ने स्पष्ट पारे । यसअघि संसदहरुले दुवै गैरसरकारी संस्था विघटन हुँदा त्यसको सम्पत्ति सरकारमा सर्ने कानूनी व्यवस्था रहेकोमा विधेयकमा गरिएको व्यवस्थाले कानूनी जटिलता उत्पन्न गरेको बताएका थिए ।

उनले भने,‘संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएको गैरसरकारी संस्थालाई विधायिकाले कानून बनाएर वितरण गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठ्यो । विधायिका सार्वभौम सत्ता सम्पन्न हो । विधायिकाले कानून बनाउन सक्छ । किनभने कुनै संस्थाको स्थापना त्यसको विघटन कानूनको अधिनमै हुने हो । त्यो गर्न सकिन्छ । तर एउटा कुनै एउटा खास संस्थालाई विघटन गर्नेगरी कानून बन्ला कि नबन्ला भन्ने ठाउँमा भने प्रश्न छ । विधेयकमा उल्लेखित संस्थाहरुलाई विघटन गर्न खोजिएको भन्दा पनि त्यो संस्थाई रुपान्तरण गर्न खोजिएको भन्ने अर्थमा विधेयकमा रहेको छ भन्ने मैले बुझेको छु । विघटन गर्न मिल्दैन ।

विधेयकले तिलगंगा आँखा कार्यक्रमलाई विघटन गर्न खोजिएको हो र ? यस विधेयकमा जिल्ला प्रशासन कार्यालयमा काठमाडौंमा दर्ता गरिएको नेपाल आँखा कार्यक्रम र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको अन्धोपन निवारण समाज छ । यो दुवै संस्थाको विघटन गर्न खोजिएको हो भन्ने देखिँदैन । यो संस्थाको रुपान्तरण गरेर संस्थाको सम्पती, दायित्व र संस्थाद्वारा सञ्चालित आँखा स्वास्थ्य, शिक्षातर्फका शैक्षिक कार्यक्रम अस्पताल उत्पादन केन्द्रहरु ऐन पारित भएपनि विश्वविद्यालयमा सर्नेछ । यसलाई विघटन नभई रुपान्तरण हुने हिसावमा बुझ्नुपर्छ ।’

बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले आँखा कार्यक्रम र अन्धोपन निरुपण समाज विश्वविद्यालयको रुपमा एकीकृत हुन तयार भए/नभएको स्पष्ट हुनुपर्ने बताए । उनले अहिलेसम्म ति संस्थाहरुले तिलगंगा विश्वविद्यालयको रुपमा रुपान्तरण हुने विषयमा औपचारिक निर्णय गरेको समितिाई अहिलेसम्म जानकारी नभएको बताए । उनले अझै पनि ति संस्थाहरु रपान्तरण भएपछि कायम रहने नरहने विषयमा समेत स्पष्ट हुनुपर्ने बताए ।

उनले भने,‘आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको कार्यसमितिले हामी विश्वविद्यालयमा रुपान्तरण हुन्छौं भनेर औपचारिक निर्णय गरेको त हामीलाई जानकारी छैन नि । यो एउटा विषय समितिले नै टुंग्याउनुपर्छ । दोस्रो, रुपान्तरण भनिएपनि सम्पत्ति हस्तान्तरण भएर पो रुपान्तरण हो । यदि त्यसो भयो भने संस्था कायम रहन्छ भन्न त मिल्दैन नि । कि यो संस्था कायम रहने हुनुपर्‍यो । यो संस्था कायम भैदिने हो भने कुरा मिल्यो । यो बारेमा स्पष्ट हुनु आवश्यकता छ ।’

नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आँखा कार्यक्रम र अन्धोपन निरुपण समाजबारे सरकारले आफ्नो धारणा समितिसमक्ष बुझाउनुपर्ने बताए ।

उनले तिलगंगा विश्विद्यालय बनिसकेपछि हाल कार्यरत शिक्षक र कर्मचारीको के हुन्छ भन्दै प्रश्न समेत गरे । नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाज विश्वविद्यालयमा रुपान्तरित भइसकेपछि त्यहाँ कार्यरत कर्मचारीहरुको सेवा सुविधामा निरन्तरता दिनुपर्ने बताए ।

उनले भने,‘सरकारले काठमाडौंमा दर्ता आँखा कार्यक्रमबारे यस्तो निर्णय आएको छ है भनेर ल्याएपछि सरकारलाई हामीले विश्वास गर्नुपर्‍यो । तर मकवानपुरका बारेमा लेखिएकै छैन । अब सरकारका मन्त्री र सचिवज्युहरु आउँदाखेरि चाहीँ मकवानपुरको अन्धोपन निरुपण कार्यक्रमबारे सरकारको धारणा सहित आउनुपर्छ । अर्को, यो विधेयकमा यी दुई वटा संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरुको के हुन्छ भन्ने प्रश्न पनि आउँछ । दुवै संस्थाको विश्वविद्यालयमा रुपान्तरण गर्‍यो भने कर्मचारी र शिक्षकको सेवासुविधाको निरन्तरता भन्ने कुरा पनि आउँछ । त्यो कतै छ भन्ने मलाई लाग्दैन ।’

बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसालले विधेयक अगाडि बढाउनुपूर्व नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको औपचारिक निर्ण आउनुपर्ने बताए ।

उनले ति संस्थाहरु रुपान्तरण भइरहेका हुन् कि विघटन भन्ने विषयमा कानून मन्त्रालयसँग छलफल गर्नुपर्ने बताए । उनले तिलगंगा होल्डिङ प्रा.लि तिलगां आँखा कार्यक्रमसँग सम्बन्धित भए/नभएको स्पष्ट हुनुपर्ने बताए ।

सरकारले तिलगंगा आँखा अस्पताल विश्वविद्यालयका रूपमा विकास गर्नेगरी यो विधेयक ल्याएको हो । डा. सन्दुक रुइतलगायत संलग्न ‘नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाज’ को सम्पती तथा भौतिक संरचना उक्त विश्वविद्यालयको हुने पश्ताव विधेयकमा छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार