असार २९, २०८२ आइतबार July 13, 2025

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुनमा ७ गते काठमाडौंमा हुने

पर्सा जिल्लामा रहेको दुईवटा समानान्तर कमिटी भयो विघटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला आउँदो फागुन ७ गते काठमाडौंमा हुने भएको छ । राष्ट्रिय भेलाको अघिल्लो दिन केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

संगठनको पदाधिकारी बैठकले राष्ट्रिय भेला एवं केन्द्रीय कमिटीको बैठक गर्ने निर्णय गरेको बैठकमा सहभागि संगठनका उपाध्यक्ष सुभाष साहले जनाएका छन् । बैठकले नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग प्रमुख एवं संगठनका नयाँ तोकिएका इन्चार्ज उपाध्यक्ष प्रकाश ज्वालालाई स्वागत गर्दै निवर्तमान इन्चार्ज एवं प्रचार विभाग प्रमुख उपाध्यक्ष जगन्नाथ खतिवडालाई विदाई गरिएको छ ।

यसैगरी बैठकले संगठनको जीवनमा गम्भिर आघात पुग्नेगरी अवाञ्छित क्रियाकलाप गर्ने अध्यक्ष विश्वमणी सुवेदी, विशेष अदालतबाट भ्रष्टाचार प्रमाणीत भएका महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, र कोषाध्यक्ष कृपा भण्डारीले संगठनको हितविपरित कार्य गर्दै अर्को संगठनमा प्रवेश गरेपछि उनीहरुलाई समेत कारवाही गरिएको संगठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैगरी संगठनको पर्सा जिल्लामा रहेको दुईवटा समानान्तर कमिटीलाई विघटन गरिएको छ । दुवै संगठनलाई विघटन गर्दै पदाधिकारी बैठकले अजय चौरसियाको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ कमिटी गठन गरिएको छ । कमिटीको सदस्यहरुमा आशमहम्द मियाँ, शम्भुकुमार सुमन, दिपेन्द्र गिरी र विनोद पटेल रहेका छन् । दुवै समानान्तर कमिटीका अध्यक्षद्धयलाई सदस्यमा राखिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार