असार २९, २०८२ आइतबार July 13, 2025

एमाले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको महासचिव पोखरेलको दाबी

स्वाधीन र स्वामिभान रहिररहन एमाले बलियो राष्ट्रि शक्ति हुनुपर्ने जिकिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः  नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गर्दै बलियो राष्ट्रिय शक्ति हुन नदिने खेल भइरहको दाबी गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस’ शीर्षककाे लामो स्टाटस प्रकाशित गरी भूराजनीतिक द्वन्द्वको खेलले एमालेलाई कमजोर गराउने प्रयार गरिरहेको उल्लेख गरेका छन् । कुनै खास सन्दर्भबिनै उनले फेसबुकमा यो बहस चलाएका हुन् ।

‘अहिले नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू–राजनीतिक द्वन्द्वको खेल हो,’ उनले लेखकमा छन्, ‘नेपालका साना राजनीतिक दलहरू या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरुका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको वाहक बनिरहेका छन् र नेकपा(एमाले)को नेतृत्व माथि हमला गरिरहेका छन् । यो प्रवृत्ति हरेक हिसाबले जनता र राष्ट्रका लागि घातक छ । समाजवादको यात्राका लागि त झनै बाधक छ ।’

एमालेविरुद्ध साइबर हमला गरेर कमजोर गराउन खोजेको पोखरेलको भनाइ छ । ‘यतिबेला नेकपा(एमाले) विरुद्ध सुनियोजित साइबर हमला भइरहेको छ । त्यसको उद्देश्य नेकपा(एमाले)लाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो,’ उनले लेखेको छन्, ‘मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको बाढी त्यसै उद्देश्यतर्फ लक्षित देखिन्छ ।’

नेपाल भूराजनीतिको चपेटामा पर्दै आएकाले स्वाधीन र स्वामिभान रहिररहन एमाले बलियो राष्ट्रि शक्ति हुनुपर्ने उनको तर्क छ । ‘नेपाल जस्तो संवेदनशील भूराजनीतिको चपेटामा परेको मुलुकमा राज्य बलियो नभईकन स्वाधीनता र स्वाभिमानको गौरवलाई जोगाउन सम्भव हुँदैन । त्यसमाथि विकास र समृद्धिका लागि राज्य बलियो हुनु अपरिहार्य छ,’ उनको तर्क छ, राज्यलाई बलियो बनाउनका लागि नीतिमा आधारित राजनीतिक स्थायित्व आवश्यक पर्दछ । यस उद्देश्य प्राप्तिका लागि नेकपा(एमाले) हरेक हिसाबले योग्य र सक्षम छ ।’

नेपालको राजनीतिक अस्थिरतका लागि माओवादी केन्द्र जिम्मेवार भएको र त्यसमा कांग्रेस एमाले नेताहरुको भूमिका रहेको उनको भनाइ छ । ‘प्रतिनिधिसभामा जम्मा ३२ सिट पाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्नका लागि कहिले एमाले कहिले कांग्रेसतिरको गठबन्धन बनाए । उनीहरुलाई विश्वासमा लिएर भन्दा घुर्क्याएर शासन गर्ने र सरकारमा टिकिरहने नीति लिए,’ पोखरेलले भनेका छन्, ‘अनि भन्न थाले ३२ सिट भनेको चानचुने सिट होइन, यो त म्याजिक नम्बर हो । यसले त पाँचै वर्ष शासन गर्ला जस्तो छ । यही प्रवृत्ति नै हो नेपाली राजनीतिको अस्थिरताको कारक, यस प्रवृत्तिलाई मलजल गर्ने कुरामा कहीँ न कहीँ कांग्रेस एमालेका नेताहरु पनि जिम्मेवार छन् ।’

मुलुकको राजनीतिक स्थिरताका लागि दुई बलिया दलबीच प्रतिस्पर्धा हुनुपर्ने बताउँदै आएका उनले जनताको बहुदलीय जनवाद प्रतिस्पर्धात्मक विधि भएको बताएका छन् । ‘जनताको बहुदलीय जनवाद एकदलीयताको विरुद्धमा प्रतिस्पर्धा र पहकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने बाटो हो । जबजले धेरै दलका बीचको प्रतिस्पर्धा अपरिहार्य भनेर भनेको पनि छैन र त्यसरी सोच्नु पनि उचित हुँदैन,’ उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनमा भएको विभाजन आजको यथार्थ हो । तर भविष्यमा पनि यस्तै भइरहनु पर्दछ भन्ने कुरा वर्ग दृष्टिकोणका आधारमा गलत हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार