असार २४, २०८२ मंगलबार July 8, 2025

निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुन्छ : शिक्षामन्त्री भट्टराई

पुस २९ देखि मात्र शिक्षक सेवा निवृत्तिभरण कोषमा समावेश भएको मानिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन बनेपछि मात्रै शिक्षक सेवा समावेश हुने बताएकी छन् । २०८१ पुस २९ देखिबाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी हुन् ।

सिंहदरबारमा सोमवार बसेको मन्त्रीपरिषद्को बैठकमा यो विषय उठेको र शिक्षकहरूले पनि स्पष्टता खोजेको भन्दै ऐन बनेपछि २०८१ बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेकी छन् ।

“निवृत्तिभरण कोष ऐन, २०७५ मा “शिक्षक सेवा“ सरकारले अध्यादेश मार्फत थप गरेकोमा आम शिक्षकहरूले स्पष्टता खोज्नु भएको छ । ऐन बने पछि मात्र लागु हुने सिद्धान्त अनुरूप नै यो दफा कार्यान्वयन हुने जानकारी गराउन चाहन्छु । २०८१ पुस २९ देखि मात्र शिक्षक सेवा निवृत्तिभरण कोषमा समावेश भएको मानिनेछ भन्ने समेत स्पष्ट गर्न चाहन्छु” उनले भनेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया