असार २९, २०८२ आइतबार July 13, 2025

राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धन : शशाङ्क कोइराला

संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताउनुभएको छ । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।” अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उहाँको भनाइ छ । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उहाँले विपक्षी दलहरुसँग समेत छलफल भइरहेको बताउनुभयो । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार