काठमाण्डौंः नेकपा एमालेले आगामी भदौमा विधान महाधिवेशन गर्ने भएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।
२०८२ भदौ २०,२१ र २२ मा गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा महाविधेशन निर्णय एमालेले गरेको एक नेताले जानकारी दिए ।
पार्टी अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सचिवालय बैठक बसेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया