श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपालमा २२ सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा कोरोना भाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा रहेका छन् । कोरोनाभाइरस सङ्क्रमितमा श्वास लिन कठिनाइ भएपछि कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार मात्रै २२ जना काेभिड १९ सङ्क्रमितलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिँदैछ । नेपालमा हाल पाँच हजार ३६० जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय छ । सक्रियमध्ये २२ जनालाई सघन उपचारको आवश्यकता परेको हो अर्थात् नेपालमा अहिलेको सक्रिय सङ्क्रमितको ०.४१ प्रतिशत बिरामीलाई सघन उपचार कक्षमा उपचार गरिँदैछ ।

छिमेकी राष्ट्र भारतमा भने कोभिड–१९ को सङ्क्रमितको करिब चार प्रतिशत बिरामीलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता महसुस गरिएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा १४ जना सङ्क्रमितलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता परेको छ ।

प्रदेश २ मा पाँच, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एकजनालाई आईसीयू र भेन्टिलेटरमा राखिएको हो । शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार