असार २९, २०८२ आइतबार July 13, 2025

पार्टी सुस्ताएको छैन, सरकारमा बसेर आलोचना गर्नु ठीक होइन : धनराज गुरूङ

सरकारको बारेमा सत्तापक्षका सांसदहरुबाट नै आलोचना भएको गलत भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले पार्टी सुस्त नभएको दाबी गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा आयोजित सम्वाद गोष्ठीमा सहभागी भएर निस्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले भने,‘हाम्रो पार्टीको अभियान सुरुमा अलिकति बाढि, पहिरोले गर्दा सुस्ताएको थियो । अहिले चलायमान भएको छ । कार्यक्रमहरुपनि भैरहेका छन् ।’

उनले अहिले कांग्रेसले मुलुकलाई सही तवरले अघि बढाएको र सही दृष्टिकोण राखेको दाबी गरे । उनले देशैभरि नेता दौडिएरमात्रै देश नबन्ने बताए । उनले अहिलेको सरकारका कामलाई आफूहरुले सहयोग गर्दै जाने सुनाए । उनले भने,‘सरकारको बारेमा धेरै टिप्पणी गर्दिनँ, तर हामीले सरकारलाई रचनात्मक सहयोग गर्दै जाने हो ।’

उनले सरकारको बारेमा सत्तापक्षका सांसदहरुबाट नै आलोचना भएको गलत भएको टिप्पणी गरे । उनले सरकारलाई ठीक ढंगले अघि बढाउनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार