भाद्र ११, २०८३ बिहिबार August 27, 2026

चार महिनादेखि बन्द रहेका होटल, रेष्टुरेन्टहरु आजबाट खोल्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वमहामारी कोरोना भाईरसका कारण चार महिनादेखी बन्द रहेको होटेल ब्यवसायहरु आजदेखी खुल्ने भएको छ ।

कोरोनाभाइरसको रोकथामको लागि सरकारले चैत देखी गरेको लकडाउनका कारण बन्द रहेको होटल, रेष्टुरेन्टहरु लकडाउन खुलेसँगै आजदेखी होटल, रेष्टुरेन्टहरु सञ्चालनमा आउने भएका हुन् ।

होटल, रेष्टुरेन्टहरु आज खोल्ने तयारी गरिएको होटेल व्यवसायीले बताएका छन् । सरकारले साउन १५ गतेदेखि तोकेको मापदण्ड पुरा गरेर होटल व्यवसाय खोल्नका लागि अनुमति दिने निर्णय गरेपछि आज देखी होटल, रेष्टुरेन्टहरु खुल्ने भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया