श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बाँकेमा तीस जनामा कोरोना संक्रमण पुष्टि भएपछी आइतबारदेखि तीनदिन कर्फ्यु लागु हुने (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बाँकेमा बिहीबार आज एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शनिबार त्रिभुवन चोकमा कोरोना संक्रमण पुष्टि भएका मिठाइ पसले र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका शाखा अधिकृतसँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा ३० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समुदाय स्तरमा कोरोना संक्रमण देखिएकाले आइतबारदेखि तीन दिनसम्म जिल्ला भरी नै निषेधाज्ञा जारी गरिएको बताए ।

आन्तरिक राजस्व कार्यालयका कर्मचारी र परिवारका सदस्य गरी १२ जनामा कोरोना संक्रमण भएको छ । जसमा शाखा अधिकृत पनि छन् ।

देशभर कोरोना संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको छ । १४ हजार दुई सय ४८ डिस्चार्ज हुँदा मृत्यु हुनेको संख्या ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचनाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार