असार २१, २०८२ शनिबार July 5, 2025

सभामुखले आज पनि प्रमुख दलका सचेतकसँग छलफल गर्दै

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको धारणा माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ। माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन्।

जसअनुसार सभामुख घिमिरेले आज बिहान ११ बजेबाट प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ।

हिजो बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

सत्तापक्षका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुखले सदनलाई प्रभावकारी बनाउन देखाएको चासोलाई सकारात्मक रूपमा लिँदै सदनलाई सहज ढंगले अघि बढाउन आफूहरूको पनि सकारात्मक पहल हुने प्रतिबद्धता जनाएको जानकारी दिँदै घिमिरेले भने, ‘सभामुखले राष्ट्रिय सभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यस बारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुंगिएको छ।’

सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको धारणा मागेका छन्। आइतबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँगको छलफलमा सभामुख घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे धारणा माग गरेका हुन्।

सभामुखको जिज्ञासाको जवाफ दिँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरू मर्यादासम्बन्धी विधेयकलाई के गर्ने हो? अगाडि बढाउने कि नबढाउने? यो विषयमा प्रष्ट पार्नुपर्यो भनेर सभामुखले जिज्ञासा राख्नुभयो। हामीले संसद्मा विचाराधीन सबै विधेयक अघि बढ्ने र संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि अघि बढ्ने प्रष्ट पारेका छौं।’

सभामुख घिमिरेका सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार