माघ ९, २०८२ शुक्रबार January 23, 2026

संसद् छलेर अध्यादेश ल्याउनु गलत हो : डा. शेखर कोइराला

संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सरकारले अध्यादेश ल्याएर गलत काम गरेको टिप्पणी गरेका छन् । उनले संसद्लाई छलेर अध्यादेशबाट शासन गरिनु गलत भएको टिप्पणी गरे ।

आज गृहनगर विराटनगरमा आयोजित नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले संसदलाई धकेलेर अध्यादेश ल्याउनु सरकारको गल्ती भएको टिप्पणी गरेका हुन् ।

उनले भने,‘संसदलाई धकेलेर अध्यायदेश ल्याउनु गलत हो । यो लोकतन्त्रमा गलत काम हो । दुईतिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुन्छ नि, किन अध्यादेश ल्याउनुपर्यो ? यसले आमजनमानसमा नराम्रो परेको छ ।

संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।’ सो अवसरमा नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना
२०८२ माघ ९, शुक्रबार
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
२०८२ माघ ९, शुक्रबार
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
२०८२ माघ ९, शुक्रबार
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार