असार २१, २०८२ शनिबार July 5, 2025

संसद् छलेर अध्यादेश ल्याउनु गलत हो : डा. शेखर कोइराला

संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सरकारले अध्यादेश ल्याएर गलत काम गरेको टिप्पणी गरेका छन् । उनले संसद्लाई छलेर अध्यादेशबाट शासन गरिनु गलत भएको टिप्पणी गरे ।

आज गृहनगर विराटनगरमा आयोजित नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले संसदलाई धकेलेर अध्यादेश ल्याउनु सरकारको गल्ती भएको टिप्पणी गरेका हुन् ।

उनले भने,‘संसदलाई धकेलेर अध्यायदेश ल्याउनु गलत हो । यो लोकतन्त्रमा गलत काम हो । दुईतिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुन्छ नि, किन अध्यादेश ल्याउनुपर्यो ? यसले आमजनमानसमा नराम्रो परेको छ ।

संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।’ सो अवसरमा नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार