काठमाण्डाैंः नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। योसँगै ४४ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए।
गत आइत, सोम, मंगल र वुधबार गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण देखिएको थियो। मुख्यालयमा कार्यरत सबै संक्रमितको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपालभर कुर २ सय २१ जना प्रहरीमा कोरोना देखिएको कडायतले बताए । त्यस मध्ये १ सय जना संक्रमितहरु निको भएर साधारण डिउटीमा फर्किएको समेत प्रवक्ता एसएसपी कुवेर कडायतले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया