काठमाण्डाैंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा प्रहरी चौकी गौरीशङ्कर सर्लाहीका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइ छुटाइदिने भन्दै यादवले एक सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको आरोप लागेको छ ।
प्रसनी निरीक्षक यादवले जाँचका क्रममा नियन्त्रणमा लिएको मोटरसाइकल छुटाउने भए ‘पाँच हजार देऊ’ भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । आयोगका प्रवक्ता तारानाथ अधिकारीका बिगोबमोजिमको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया