असार २९, २०८२ आइतबार July 13, 2025

अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयकको व्यवस्था कांग्रेसले स्वीकार्दैन : विश्वप्रकाश शर्मा

अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर हुने कर्म हामी प्रतिपक्षमा रहँदा होस् वा सत्तामा हुँदा कुनै मन्त्रालयबाट अघि बढ्छ भने अस्वीकार हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्र कुण्ठित गर्ने आएको विधेयकलाई कांग्रेसले स्वीकार गर्न नसक्ने बताएका छन्।

महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक ल्याउँदै गर्दा दुई दलबीच गहन छलफल नभएको पनि बताएका छन्। ‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर हुने कर्म हामी प्रतिपक्षमा रहँदा होस् वा सत्तामा हुँदा कुनै मन्त्रालयबाट अघि बढ्छ भने अस्वीकार हुन्छ,’ शर्माले गर्दै भने।

विधेयक ल्याउन सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन खोजेरै ल्याइएको हो भनेर भने पनि त्यसको भारी काँग्रेसले नबोक्ने शर्माको दाबी छ।

‘अभिव्यक्ति स्वतन्त्रता र मर्म र मूल्यको सन्दर्भमा काँग्रेसको दृष्टिकोण यो विधेयकले प्रतिनिधित्व गर्दैन,’ शर्माले भने। शर्माले जनमत, सरोकार, नियमन गर्ने अरु विधिहरू ख्याल नै नगरी विधेयक ल्याउने कार्य भएको बताए।

फेक आइडी बनाउने, अमर्यादित ढंगले गाली गर्ने, अश्लील सामग्री पोष्ट गर्ने नियन्त्रण गर्ने सन्दर्भमा भने आम नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्ताकै चाहना पनि रहेको पनि शर्माले बताए।

‘मिस र डिस इन्फर्मेशनले परेको असर र परीक्षण गर्न पनि मर्यादित ढंगको सोच जरुरी नै छ,’ शर्माले अघि भने, ‘तर, अहिले आएको आएको विधेयक अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने खालको छ।’ उनले कतिपय विषयहरू प्रेस काउन्सिलले हेर्न मिल्ने पनि बताए।

कतिपयमा कारबाही प्रक्रिया फरक तरिकाले गर्न सकिनेमा फौजदारीमा तान्न खोजिएको प्रावधानहरूप्रति उनको आपत्ति छ।

‘अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विश्वप्रकाश शर्मा प्रवक्ता हुँदा जारी भएको वक्तव्यसँग अहिले महामन्त्री हुँदा पनि प्रतिबद्ध छ,’ शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक हामीसँग परामर्श नगरी जारी गरिएको छ। हाम्रो आपत्ति छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया