असार २२, २०८२ आइतबार July 6, 2025

जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल

हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन, निजामती ऐन, प्रहरी समायोजन ऐनलगायत महत्वपूर्ण दर्जनौँ ऐन पारित हुने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुग्लिन (चितवन), १७ माघः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताउनुभएको छ ।

आज धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महाज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट राजनीतिक परिवर्तन भए पनि अझै जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताले बारम्बारको त्याग र बलिदान गरेर राजनीतिक परिवर्तन गरेका छन्, तर जनताको अवस्थामा अझै परिवर्तन हुन सकिरहेको छैन ।” ठूलो त्यागबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक २०७२ को नयाँ संविधान र त्यस संविधानमा विभिन्न उत्पीडित जातजाती, उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र र समुदायका जनताको मौलिक हक अधिकार शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका सवालमा प्रष्ट व्यवस्था भए अझै खासै उपभोग गर्न नपाउँदा जनतामा निराशा बढिरहेको उहाँको भनाइ छ ।

जनताको सम्पूर्ण मौलिक हकअधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन आवश्यक ऐन कानुन बन्न नसकेको उहाँले बताउनुभयो । आफू ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर कैयौँ व्यावहारिक कानुनी जटिलताका कारण सोचे जस्तो काम हुन नसकेको उहाँले बताउनुभयो । शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन, निजामती ऐन, प्रहरी समायोजन ऐनलगायत महत्वपूर्ण दर्जनौँ ऐन पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै अध्यक्ष दाहालले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । स्थानीय तहको नेतृत्वमा अभिभावकको प्रत्यक्ष रेखदेख र सक्रिय सहभागिता नपुगेसम्म शिक्षाको विकास नहुने उहाँको भनाइ छ । बेनीघाट रोराङ गाउँपालिकाले शिक्षाका लागि सञ्चालन गरेको अभियान सराहनीय भएको र यस अभियानमा धादिङ जिल्लासहित छिमेकी जिल्लाबाट साथ सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले सीमान्तकृत, दलित आर्थिक विपन्नताका कारण विद्यालय जान नसक्ने बालबालिकाहरुको शिक्षाका लागि गाउँपालिकाले आवासीय विद्यालय सञ्चालन गरिरहेको बताउनुभयो । ती बालबालिकाको शिक्षाका लागि कोष खडा गर्न लागि ‘शिक्षाका लागि भिक्षा अभियान’ सञ्चालन गरिएको उहाँको भनाइ थियो । सोही अभियानअन्तर्गत आजदेखि माघ २३ गतेसम्म महायज्ञ सञ्चालन गरिएको छ । महायत्रमा राधिका दासले कचा वाचन गर्नुहुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार