मंग्सिर १९, २०८२ शुक्रबार December 5, 2025

बुढानीलकण्ठ नगरपालिकाले एक सय युवालाई रोजगार दिने

एक सय युवालाई रोजगार दिदै बुढानीलकण्ठ नगरपालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले एक सय युवालाई रोजगार दिने तयारी गरेको छ । नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेलामा युवालाई रोजगार दिने तयारी गरिएको जानकारी दिइएको छ ।

“शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता” नारासहित हुन लागेको मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ । मंगलवार पत्रकार सम्मलेन गर्दै नगरपालिकाले गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक श्रमिक तथा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिइने जनाइएको छ ।

मेलामा कुल ४८ वटा स्टल रहनेछन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् । कम्तीमा माध्यामिक तह उत्तीर्ण गरेका एक सय जना युवाका लागि रोजगारी प्रवद्र्धनको विशेष अवसर मिलाइने र चार सय जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ ।

युवालाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञसँग अन्तक्र्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले बताएको छ । नगरपालिकाले बेरोजगार युवाका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याइसकेको छ । इच्छुक व्यक्तिले माघ २५ गतेभित्र नगरपालिकाको पेजमा उल्लेख भएको फारममा अनलाइन वा वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार