काठमाडौंः कांग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि माघ अन्तिम साता पर्यटकीय नगरी पोखरामा प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२ र २३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम हुने पार्टी कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।
सिग्देलका अनुसार प्रशिक्षण कार्यक्रममा देशका ७७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागी हुनेछन्।
प्रशिक्षणमा कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूको उपस्थिति रहनेछ।
पछिल्लो समय काँग्रेसले संगठन सुदृढिकरण अभियान अन्तर्गत बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया