असार २८, २०८२ शनिबार July 12, 2025

सामाजिक सञ्जाल नियमनका लागि कानुनी प्रबन्ध जरुरी : विश्वप्रकाश शर्मा

अध्यादेशको कन्टेन्टको आधारमा विरोध र समर्थन गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्नासाथ गलत नै हुन्छ भन्ने कुरा सही नभएको बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले अध्यादेशको कन्टेन्टको आधारमा विरोध र समर्थन गर्नुपर्ने बताए ।

‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन । विधेयक हो भन्ने बित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन । अध्यादेश विगतमा हामीले विरोध गरेका थियौँ,’ उनले भने, ‘अहिले बोलेन भन्ने कुरा पनि छ । विगतमा नेपाली काँग्रेसले अध्यादेशको विरोध गरेको उदाहरण पनि छ ।’

काँग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रूपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गर्ने उल्लेख गरे ।

‘नेपाली काँग्रेसले विपक्षमा रहेको बेलामा सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ । अध्यादेश हो त्यसको विरोध गरौँ भन्ने किसिमले हेर्नु हुँदैन,’ महामन्त्री शर्माले भने, ‘कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गरिन्छ । सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर राष्ट्रिय सभामा जुन विधेयक दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा स्पष्ट रूपमा बोल्छु ।’

महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानुनी प्रबन्ध जरुरी रहेको जिकिर गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया