काठमाण्डौंः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भट्टले आफूलाई बझाङबाट टाउको काट्ने धम्की आएको जानकारी गराएका हुन् ।
अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी)को पक्षमा मतदान गरे टाउको काट्ने धम्की आएको भन्दै उनले बझाङबाट फोनमार्फत धम्की आएको बताएका थिए ।
‘मलाई एउटा फोन आयो। तैंले एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ भनेर । त्यो फोन बझाङ जिल्लाबाट आएको रहेछ ।
‘प्रतिउत्तरमा आफूले एमसीसी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’, भन्दै धम्की आएको मन्त्री भट्टले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया