फागुण ५, २०८१ सोमबार February 17, 2025

सभामुख घिमिरेसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

विपिन जोशीको रिहाइ, दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच भेटवार्ता भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा उहाँहरुबीच विपिन जोशीको रिहाइ, दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया