श्रावण ६, २०८२ मंगलबार July 22, 2025

उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै चप्पल, पञ्चिङ मेसिन प्रहार गरि कुटपिट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भ्रष्टाचारविरोधी भनेर चिनिएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख (उपसचिव) प्रेमप्रसाद सञ्जेल कुटिएका छन् । उनलाई कार्यलयकै सहयोगी महिलाले कार्यकक्षमै कुटपिट गरेका हुन्।

उनीलाई दुईजना कार्यालय सहयोगी नेत्रा भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले कुटपिटमा संलग्न भएको आराेपमा दुवैजनालाई नियन्त्रणमा लिएको बताए ।

सञ्जेल शनिबार बिहान करिब साँढे ११ बजे कार्यकक्षमै कुटिएको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।  कार्यालय सहयोगीले ड्युटी गर्न नमानेको र ड्युटी त गर्नुपर्छ भन्दा आफूलाई दुईजना कर्मचारीले कुटपिट गरेको सञ्जेलले प्रहरी बयानमा भनेको प्रहरी उपरीक्षक खड्काले बताए।

कुटपिट गरेको आराेप लागेका कर्मचारीहरूले भने सञ्जेलले बढी काममा लगाउने गरेको र अनावश्यक गालीगलौज पनि गर्ने गरेको बताएका छन् ।

भट्टराई र सापकोटाले चप्पल, पञ्चिङ मेसिन लगायतले सञ्जेललाई कुटपिट गरेको खुलेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार