असार २८, २०८२ शनिबार July 12, 2025

प्रेस चौतारी तनहुँको अध्यक्षमा राजकुमार श्रेष्ठ पुनः निर्वाचित

केन्द्रीय प्रतिनिधिमा प्रेमप्रसाद पौडेल, मदन तिमिल्सना र सम्झना रसाइली चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ, माघ २३ गते । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ विवि पुनः निर्वाचित हुनुभएको छ । शाखाको मङ्गलबार साँझ सम्पन्न दशौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

नवगठित शाखाको उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सुनिता आचार्य, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र अन्जन परियार, कोषाध्यक्षमा सागर गिरी र सदस्यहरुमा विष्णुबहादुर सिंजाली र देव गजमेर सर्वसम्मत चयन हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा प्रेमप्रसाद पौडेल, मदन तिमिल्सना र सम्झना रसाइली चयन हुनुभएको छ । अधिवेशनको उदघाटन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज केदार सिग्देलले पत्रकार समाजको ऐना र मार्गदर्शक बन्नुपर्ने बताउनुभयो । पत्रकारिता सत्य, निष्पक्ष र तथ्यगत हुनुपर्ने उहाँको भनाइ थियो ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि पत्रकारको कलम महत्त्वपूर्ण भूमिका रहेको बताउँदै निरकुंश तन्त्रको अन्त्यका लागि पत्रकार निडर भएर लागेको सिग्देलले स्मरण गर्नुभयो । चौतारी नेपालका केन्द्रीय लेखा आयोग उपाध्यक्ष नवराज ढकालले प्रेस चौतारी हरेक पत्रकारको सुख दुःखको सङ्गठन बन्नुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया