काठमाण्डौंः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ गौरिपुरुवाका २८ वर्षीय छोटु लोनियालाई लागुऔषध ४ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ उनलाई उक्त परिमाणको ब्राउनसुगरसहित पक्राउ गरेको हो।
यसैगरी, मोरङको पथरीशनिश्चरे नगरपालिका-६ भातेगौंडा बस्ने ३२ वर्षीय बर्जमोहन यादव र सोही नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई एक किलो लागुऔषध गाँजा र नगद ८ हजार १५० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
बर्जमोहनले गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने खबरको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
साथै, प्रहरीले उनीहरूको साथबाट को.२२ प ५४७३ नम्बरको स्कुटरसमेत बरामद गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया