असार २८, २०८२ शनिबार July 12, 2025

मोहन वैद्यको पार्टी रित्याउदै माओवादी केन्द्र

काठमाडौँ सेक्रेटरी खगेन्द्र छन्त्यालको नेतृत्वमा डेढ दर्जन नेता-कार्यकर्ता माओवादी केन्द्र प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य एवं काठमाडौँ सेक्रेटरी खगेन्द्र छन्त्यालको नेतृत्वमा डेढ दर्जन नेता-कार्यकर्ता खुमलटार पुगेर आज माओवादीमा मिसिएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा छन्त्यालसहित वैद्यका प्रदेश सचिवालय सदस्यहरु प्रेम तामाङ, केशर प्रधान, उमेश लामा, मीनकुमार राना मगर, रविन्द्र मिश्र, प्रदेश सल्लाहकार कुमारी थापा, प्रदेश सदस्य नोदराज रुचाल, पूर्वजिल्ला सदस्यहरु दावा शेर्पा, मेघनारायण श्रेष्ठ, मानबहादुर तामाङ, किरण लामा, जिल्ला सदस्य पदम तामाङ, विकास तामाङ, रेखा रम्तेल विकास के. सी.,इन्द्र राई, आशा रानालगायत छन् ।

नवप्रवेशीलाई स्वागत गर्दै प्रचण्डले देशव्यापीरुपमा माओवादी प्रवेशको लहर चलेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिहरुबीच ध्रुवीकरण हुँदै जाने विश्वास व्यक्त गरे ।

त्यसक्रममा प्रचण्डले माओवादी फुटाउने कुरा क्रान्ति नभएको अनुभवबाट पुष्टि भएको दावी गर्दै माओवादी केन्द्रलाई बलियो बनाएरमात्रै शहीदका सपना पूरा गर्न सकिने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया