असार २२, २०८२ आइतबार July 6, 2025

अ.ने.म.संघ क्रान्तिकारीले अन्तर्राष्ट्रिय नारी दिवसलाई भब्य रुपमा मनाउने

फाल्गुन २१ देखि झापाबाट शुरु हुने मेचीमहाकाली अभियानमा महिलाहरुको सक्रिय सहभागीता जनाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैटौं पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु सीकाे अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा पोखरामा सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णय गर्दै शनिबार साझ सम्पन्न गरेको हो ।

बैठकमा समाजवादका लागि महिलाहरूलाई व्यापक रूपमा गोलबन्द गरौं! संगठनमा जोडिदै आठौँ राष्ट्रिय सम्मेलनको तयारी गरौँ ! भन्ने मूल नाराका साथ सुरु भएको बैठकले महिलाहरुको राष्ट्रिय कार्यशाला गोष्ठी र ८ मार्च तथा अन्तर्राष्ट्रिय नारी दिवसलाई भब्य ढंगले सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी मङ्सिर भित्र राष्ट्रिय सम्मेलन समेत गर्ने निर्णय गरेको छ । साथै पार्टीको आगामी फाल्गुन २१ देखि झापाबाट शुरु हुने मेचीमहाकाली अभियानमा महिलाहरुको सक्रिय सहभागीता जनाउने बताएको छ ।

बैठकले प्रदेश र जिल्लाहरुका बैठकहरु सञ्चालन गर्ने,महिलाहरुका समस्याहरुमा सशक्त ढंगले मुद्दा उठान गर्ने,प्रकाशनलाई व्यवस्थित गराउने लगायतका निर्णय समेत गरेको छ ।

बैठकमा देशभरबाट उपस्थित भएका केन्द्रीय सदस्यले आ -आफ्‌नो कार्यक्षेत्रको राजनैतिक, वैचारिक, सांगठनिक, आर्थिक, उत्पादन, संघर्षका योजना कार्यान्वयन गर्दा पैदा भएका उपलब्धी समस्या, प्रभाव र प्रस्तावमाथि आफ्ना धारणा राखेका थिए भने त्यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन बैठक महत्त्वपूर्ण रहेको अध्यक्ष बन्धुले जनपत्रिकालाई बताइन् ।

बैठकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सी, नेकपा पोलिटब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज आस्था सीको लगायतको आतिथ्यता रहेको थियोे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार