असार २१, २०८२ शनिबार July 5, 2025

भूपू सैनिक संघ बागमती प्रदेशको अध्यक्षमा मणिलोचन न्यौपाने निर्वाचित

उपाध्यक्षहरूमा क्रमशः नेपाली सेना, ब्रिटिस सेना र इन्डियन सेनाबाट तीन जना लाई मनोनीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल भूतपूर्व सैनिक संघ, बागमती प्रदेशको अध्यक्षमा मणिलोचन न्यौपाने चयन भएका छन् । शनिबार भएको प्रथम अधिवेशनले न्यौपानेको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष न्यौपाने सिन्धुपाल्चोक जिल्लाको नेपाल भूतपूर्व सैनिक संघको निर्वतमान अध्यक्ष समेत हुन् । त्यस्तै अधिवेशनले महासचिवमा विनोद अधिकारी कोषाध्यक्षमा कुल बहादुर अधिकारीलाई चयन गरेको छ ।

सदस्यमा भने लिला बहादुर तामाङ,रमेश अधिकारी ,फटक बहादुर कार्की ,रामकृष्ण थापामगर ,कृष्ण कुमार बानियाँ,पशुपति पौडेल ,बुद्धि बहादुर तामाङ ,भरत पाण्डे,शुक बहादुर गुरुङ ,श्याम बहादुर गुरुङ ,नवराज श्रेष्ठ ,सुक बहादुर गुरुङ ,मधुकर केसि ,गोर्कण बोगटी र विजय गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत राजेश पाण्डेले बताए।

अधिवेशनले सदस्यहरू मध्यबाट उपाध्यक्षहरू क्रमशः (नेपाली सेना,ब्रिटिस सेना र इन्डियन सेना)गरी तीन जना लाई मनोनीत गरिएको थियो।मनोनीत हुनेमा नवराज श्रेष्ठ,सुक बहादुर गुरुङ र धादिङकै अर्का सुक बहादुर गुरुङ हुन् ।

त्यस्तै महासचिव संगठनतर्फ पनि (नेपाली सेना,बृटिस सेना र इन्डियन सेना गरि ३ जनालाई सचिवमा मनोनीत गरेका छन् । सचिवमा मनोनीत हुनेमा बुद्धि बहादुर तामाङ, मधुकर केसी र श्याम बहादुर गुरुङ हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका पूर्वमन्त्री एनपी साउथको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई शुभकामना व्यक्त गर्दै पूर्वमन्त्री साउदले जुन उद्देश्य बोकेर सैनिकहरू लडाइमा जान्छन् त्यस्तै सम्झेर पार्टीको संगठन निर्माण मा महत्त्वपूर्ण प्रभावकारी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार