श्रावण १, २०८२ बिहिबार July 17, 2025

इनफ इज इनफको अभियानप्रति राप्रपाको ऐक्यवद्धता सहित प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्याग्रही युवाहरूको माग सम्बोधन नगरेर सरकारले गल्ती गरिहेको बताएका छन् । कुनै आँखा रोग लागेको कारण नेपाल सरकारले जनमत कदर नगरेको उनको भनाइ छ ।

‘अब जनता नउठी भएन,’ राप्रपाका अध्यक्ष लोहनीले आइतबार भनेका छन् । ‘बसन्तपुरमा अनसन बसीरहेका युवाहरूको मागलाई कुन आँखा रोगको कारण नेपाल सरकारले देखिरहेको छैन ?’ लोहनीले ट्वीट गर्दै भनेका छन् ।

कोभिड-१९ को सबल व्यवस्थापन माग गर्दै जारी इनफ इज इनफ अभियानप्रति ऐक्यवद्धता जाहेर गर्दै राप्रपाले गत बिहीबार प्रदर्शन गरेको थियो । बसन्तुपर डबलीमा सम्पन्न कार्यक्रमको दौरान सत्याग्रहीको जीवन रक्षा गर्न, युवा अभियन्तासँग सरकारले गरेको सहमति पूरा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गरेको थियो ।

युवा अभियन्ता ईःको  सत्याग्रह आज १६ औं दिनमा प्रवेश गरेको छ । ईःसँगै समैरा श्रेष्ठले यस अघि ९ दिन र करण गुरुङले ७ दिन बिना खाना पानी सत्याग्रह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया