श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सर्वोच्च अदालतको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन बारको एशोसियसनको माग (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल बार एसोसिएसनले तीन सातापछि सर्वोच्च अदालतबाट पछिल्लो समय भएको विवादास्पद फैसलामा न्यायालयको जनआस्थालाई कमजोर नपार्न आग्रह गरेको छ ।

एशोसियसनका महासचिव लिलामणि पाैडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा फैसला सार्वजनिक भएको लामो समय मौन रहेको बारले बैठकबाट आफ्नो धारणा सार्वजनिक गरेको हो ।

बारले आईतबार जारी गरेको विज्ञप्तिमार्फत भनेको छ, ‘अदालतप्रतिको जनआस्था कमजोर पार्ने किसिमका गतिविधिसमा नलाग्न सम्पूर्ण सञ्चारमाध्यम तथा सर्वसाधारणहरुमा हार्दिक अपिल गर्दछौं ।’

बारले साउन १६ गतेको बैठकबाट निर्णय गरी देशभरका अदालतहरुबाट विकृति, विसंगतीजन्य आदेश र फैसला कुनै भएको पाइएमा अध्ययन गर्न र त्यसको जानकारी नेपाल बार एसोसिएसनलाई पठाउन आग्रह गरेको छ । तर रोचक के छ भने, यसअघि नै एनसेलको बहुचर्चित विवादास्पद फैसलामाथि अध्ययन गर्ने भनेको बारले त्यसलाई केवल घोषणामा सीमित गरेको थियो ।

एकाध फैसलालाई लिएर सञ्चारमाध्यमबाट समाचार सम्प्रेषण भएकाले न्यायपालिकाको जनआस्थामा गम्भीर दख्खल पुग्न जाने भन्दै त्यस्ता आदेश र फैसला नहुनुपर्ने बताएको छ ।

अदालतका आदेश र फैसलामा बौद्धिक बहस स्वाभाविक मानिए पनि समग्र न्यायपालिका र न्याय प्रणालीप्रति अनास्था फैलाउन नहुने भन्दै बारले सर्वोच्च अदालतको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन माग गरेको छ ।

यस्तो छ बार एशोसियसनद्धारा जारी प्रेश विज्ञप्तीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार