श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ज्वरो र रुघाखोकी लागेर रौतहटमा वडाध्यक्षको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ज्वरो र रुघाखोकी लागेर रौतहटमा  एक जना वडाध्यक्षको निधन भएको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ बर्षिय देवेन्द्र ठाकुरको आज बिहान निधन भएको हो।

दुई सातादेखि ज्वरो, रुधा र खोकी लागेर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नसिँग होममा लैजादै गर्दा बाटोमै उनको ज्यान गएको पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा रौतहट नसिँग होमका सञ्चालक डाक्टर राम शंकर ठाकुरले बताए ।

मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ। तीनदिन पहिले निजको आरडिटी गरिएको थियो। आरडिटीको रिजल्ट नेगेटिभ भएको थियो। आइतबार मध्यरातमा ठाकुरलाई सास फेर्न गाह्रो भएपछि परिवार जनले अस्पताल लैजादै गर्दा उनको बाटोमै ज्यान गएको छ। पूर्व मेडिकल सपरिटेन्डेट तथा नसिँग होमका सञ्चालक डाक्टर ठाकुर मृतकका जेठा दाजु हुन् ।

मृतक वडाअध्यक्ष ठाकुरको शव जटहारा मै राखिएको छ। उनको पिसिआर जाचको लागि जिल्ला जन स्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको र उनको स्वायव संकलनपछि नै अन्तिम संस्कार गरिने जेठा दाजु डाक्टर ठाकुरले जनाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार